|

काठमाडौं :  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले पहिलो सफलता हात पारेको छ। 

नेपाललाई पहिलो सफलता दिपेन्द्रसिंह ऐरीले दिलाएका हुन्। ३९ रन बनाएर खेलेका माइकल लेभिट आउट भएका हुन्।  जितका लागि नेदरल्यान्ड्सले १७३ रनको लक्ष्य पाएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालद्ये  ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रन बनाउन सक्यो।  

नेपालका लागि  कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए।  करण केसीले २६ रन बनाए।  त्यस्तै,आरिफ शेखले २२, आसिफ शेख १७,अनिल साह ६, कुशल मल्ल २,रोहित पौडेल  १६, गुल्शन झा  ५, दिपेन्द्रसिंह ऐरी १ रन बनाउँदै रन आउट भएका हुन्।

यस्तै भीम सार्की ८ बल खेल्दै शून्यमा आउट भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.