|

हेटौंडा : मकवानपुरको बकैया गाउँपालिकाले बिहीबार शोक बिदा दिऐको छ। बकैया-७ का वडासदस्य रामकुमार तितुङको निधनका कारण पालिकाले शोक बिदा दिने निर्णय गरेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा जारी सूचनामा गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्थामा बिहीबार शोक बिदा दिएको उल्लेख छ।

मंगलबार दिउँसो साढे १ बजे घरअगाडि एक्कासी बिजुलीको पोल ढलेर लाग्दा ४० वर्षीय ​तितुङको  गम्भीर घाइते भएका थिए। उनलाई उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पतालमा लगिएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि मंगलबार अपराह्न चिवतनको मेडिकल कलेज भरतपुरमा लगिएको थियो।  उपचारको क्रममा बुधबार बिहान उनको निधन भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.