|

काठमाडौं : पोखरा महानगरपालिका-३२ गैरीघाटमा एक पुरुषको शव फेला परेसँगै सेती नदीको बाँध खोल्ने योजना केही समयका लागि स्थगित गरिएको छ।

माछा मार्ने क्रममा बेपत्ता भएका पुरुष नै हुन् या अन्य कुनै पुरुष हुन पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए। शव पहिचान गर्न परिवारका सदस्यलाई बोलाएको उनले बताए। सार्की लामा तामाङ (मानबहादुर तामाङ) को शव नभएको खण्डमा सेती नदीको बाँध त्यसपछि खोल्ने उहाँले बताउनुभयो । 

गत आइतबार साँझ माछा मार्न जाने क्रममा सेती नदीले बगाएर तामाङलाई बेपत्ता बनाएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसमेतको टोलीले खोजतलास गर्दा फेला नपरेको र सेती नदीको ड्याम खोली खोजतलास गर्न अनुरोध भएको भन्दै प्रहरीले ड्याम खोल्न लागेको हो । यस्तै माछा मार्ने क्रममा ४० वर्षीय गंगा तामाङ भने सोमवार मृत फेला परेका थिए।

सँगै माछा मार्न गएका तीन जनाको भने सकुशलै उद्धार गरिएको थियो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.