|

काठमाडौं : गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत ‘इन्द्रकमल’ सार्वजनिक भएको छ।

गायिका थापा र आरके गुरुङको स्वर रहेको ‘इन्द्रकमल’ बोलको म्युजिक भिडियो गायिका थापाकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

गीतमा संगीतसमेत गायक आरेके गुरुङकै रहेको छ। पवित्रा मगरको शब्द रहेको गीतको निर्देशन प्रकाश भट्टले गरेका हुन् भने सुदिप मगरले एरेन्ज गरेका हुन्।

म्युजिक भिडियोमा ‘इन्द्रकमल’ चिज गुरुङ र अन्जु गुरुङको अभिनय रहेको छ।

करण चैसिरले छायाँकन गरेको भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। साई भिजनले गीतको निर्माण गरेको हो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.