|

सर्लाही : सर्लाहीको चन्द्रनगरमा नेपाली सेनाले विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।

शनिवार सर्लाहीको चन्द्रनगर गाउँपालिका—७, स्थित नाढिमन ताल परिसरमा सेनाले निःशुल्क शिविर संचालन गरेको हो। स्थानीय विपन्न नागरिकहरुलाई लक्षित गरेर विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर संचालन गरिएको भैरवी दल गण पाँचकुमारीका निमित्त गणपति सेनानी पवन बिष्टले जानकारी दिए।

शिविरमा बिहानै देखी चन्द्रनगर गाउँपालिका र आसपासका गाउँबाट समेत स्थानीय सेवा लिन पुगेका थिए। निमित्त गणपति बिष्टकाअनुसार शिविरमा आएका बमिारीहरुका लागि आवश्यक्ता अनुसार निःशुल्क औषधी समेत वितरण गरिएको थियो। शिविरमा ओपिडीसगै विशेषज्ञ सेवा समेत प्राप्त हुँदा नागरिकले ठूलो राहत महशुस गरेको गाउँपालिका अध्यक्ष राज कुमार महतोले बताए। 

शिविरमा प्रेसर, सुगरको स्कृनिङ, मानसिक रोग, नसा रोग, नाक, कान, घाटी रोग, बालरोग, स्त्री तथा प्रसुती रोग, हार्डजोर्नी रोगलगायत विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुबाट सेवा प्रदान गरिएको हो। 

शिविरमा गर्भवती महिलाहरुको लागि रेडियोलोजी सेवा समेत प्रदान गरिएको थियो। नेपाली सेनाको फिल्ड अस्पताल बर्दिवासबाट समेत चिकित्सकको टोली शिविरमा खटिएका थिए। सेनाको मध्य पुर्वी पृतना हेडक्वाटर, ९ नम्बर बाहिनी अड्डा, भैरवी दल गण समेतको आयोजनाम शिविर संचालन भएको हो। 

यस्तै शिविरमा स्थानीय सहयोगी संस्था चन्द्रनगर गाउँपालिका, नगर अस्पताल लालबन्दी, सर्लाही ईमेजिङ्ग एण्ड डाईगोनोष्टिक लालबन्दी र सत्यनाम हस्पिटल लालबन्दीबाट समेत वशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली शिविरमा खटिएको भैरवी दल गण पाचँकुमारी लालबन्दीले जनाएको छ।

कुन सेवाबाट कति लाभान्वित 

(क) प्रसुती तथा स्त्री रोग सेवा ८० जना
(ख) बाल रोग सेवा २३९ जना
(ग) मनो रोग सेवा ७ जना
(घ) दन्त रोग सेवा  ८५ जना
(ङ) रेडियोलोजी सेवा  ८० जना
(च) नाक,कान, घाँटी सेवा ७० जना
(छ) आँखा ओपीडी ५५ जना 
(ज) मधुमेह र रक्तचाप  सेवा १३ जना
(झ) हाड तथा जोर्नी सेवा  ८०  
 जम्मा ७०८ जना

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.