|

बैतडी : बैतडीको देहिमाडौँमा जारी बृहत अन्तरपालिका भलिबल प्रतियोगितामा महिलातर्फ मेलौली र शिवनाथ फाइनलमा प्रवेश गरेका छन्।

आइतवार भएको खेलमा शिवनाथले पुर्चौडीलाई र मेलौलीले दशरथचन्द “ए” लाई ३-० सेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। फाइनल खेल मंगलवार हुने आयोजकले जनाएको छ। 

नेपाल खेलकुद महासंघको आयोजनामा शुरू भएको अन्तरपालिका भलिबल प्रतियोगितामा जिल्लाका स्थानीय तहहरूका टोलीको सहभागिता रहेको थियो। 

प्रतियोगिताको प्रथम पुरस्कार ७७ हजार ७७७ रुपैयाँ काम गरिएको छ। दोस्रो पुरस्कार ५५ हजार ५५५ रुपैयाँ रहेको छ भने तेस्रो पुरस्कार ४४ हजार ४४४ रुपैयाँ र सान्त्वना पुरस्कार ३३ हजार ३३३ रुपैयाँ रहेको छ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीलगायत विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको नेपाल खेलकुद महासंघ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए। 

प्रतियोगिताले भलिबल खेलको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.