|

काठमाडौँ : कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउका लागि  प्रहरी टोली परिचालित भएका छन्। 

नेपाल प्रहरीले सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली परिचालन गरेको छ। 

सादा पोशाकमा खटिएको टोली अहिले कान्तिपुर पब्लिकेशनको कार्यालयमा पुगेको छ। खोजतलासमा खटिएका एक अधिकारीले यो समाचार तयार पार्दासम्म सिरोहियालाई भेटिनसकेको थाहाखबरलाई जानकारी दिए।

उनलाई आजै धनुषा जिल्ला अदालतले पक्राउका लागि अनुमति दिएको थियो। अनुमति पाएको केही घण्टामै उनलाई पक्राउ गर्न टोली परिचालित भएको हो।

सो क्रममा टोलीले अध्यक्ष सिरोहियाका छोरा तथा कान्तिपुरका सीईओ सम्भव सिरोहियासँग भने कुराकानीसमेत गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.