|

काठमाडौँ : एउटा रिट विचाराधीन रहेकै अवस्थामा पक्राउ पुर्जी खारेजीको माग गर्दै कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाका तर्फबाट सर्वोच्चमा फेरि अर्को रिट पुगेको छ। 

रिट आइपुगेको र अध्ययनको चरणमा रहेकाले दर्ता हुने नहुने पछि निर्क्योल गरिने सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।

उनले आफूले सर्वोच्चमा दायर गरेको रिट विचाराधीन अवस्थामा रहेकै बेला पक्राउ पुर्जी जारी भएको उल्लेख गर्दै खारेजीको माग गरेका छन्। उनका पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापा खुलेर लागेका देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.