|

काठमाडौँ : नेकपा एकीकृत समाजवादीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहिया प्रकाउ प्रकरणमा निडर पत्रकारिताविरुद्ध गरिएको षड्यन्त्र होइन भन्ने कुरा पुष्टि गर्न सरकारलाई भनेको छ। 

आज उक्त पार्टीका महासचिव घनश्याम भुषालले एक विज्ञप्ति जारी गरी सिरोहिया पक्राउ गरिएको घटनाले प्रेस र राज्यबीच द्वन्द्व सिर्जना खोजिएको उल्लेख गरेको छ। विज्ञप्तिमा मिडियालाई दबाबमा राखने कुनै पनि प्रयास निन्दनीय रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरिएको घटनाले प्रेस र राज्यबीच द्वन्द्व सिर्जना गर्न खोजिएको देखिन्छ। मिडियालाई दबाबमा राख्ने कुनै पनि प्रयास निन्दनीय छ। यो कार्य कान्तिपुरको निडर पत्रकारिताविरुद्ध गरिएको षड्यन्त्र होइन भन्ने कुरा सरकारले तुरुन्त पुष्टि गर्नुपर्छ।” 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.