|

मध्य नाइजेरियाको प्लेटो राज्यको एउटा गाउँमा बन्दुकधारीको समूहले गरेको आक्रमणमा ४० जनाको मृत्यु भएको छ।

प्लेटो राज्यका सूचना आयुक्त मुसा इब्राहिम असोम्सले सोमबार राति मोटरसाइकलमा सवार बन्दुकधारीले सोमबार राति स्थानीय सरकार क्षेत्रको जुराक गाउँमा आक्रमण गर्दा कम्तीमा ४० जनाको ज्यान गएको जानकारी दिए।

बन्दुकधारीले त्यहाँका बासिन्दाहरूमाथि अन्धाधुन्ध गोली चलाउँदा अरू धेरै घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार बन्दुकधारीले आक्रमणका क्रममा घरहरूमा पनि आगो लगाएका थिए।

सशस्त्र आक्रमण नाइजेरियाको उत्तरी र मध्य क्षेत्रहरूमा ठूलो सुरक्षा खतरा भएको छ, जसको परिणामस्वरूप मृत्यु र अपहरण भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.