बागलुङ : बागलुङको ढोरपाटन नगरपालिकामा गएराति भीषण पहिरो जाँदा दर्जानौं मानिसहरु हराएका छन्।
ढोरपाटन नगरपालिकाको वडा नं. ८ र ९ बोबाङका ठाउँ ठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क बिहिन भएको र थप मानिसहरु हराएको हुनसक्ने स्थानीय जीवन पुनले जानकारी दिए।
ढोरपान शिकार आरक्ष प्रबेश द्वारको रुपमा लिईने देउराली पहाडबाट ठुलो पहिरो खसेर कयौं काउँहरुमा क्षती पु¥याएको उनले बताए। पहिरो र बाढीका कारण लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना दुनेपधेरामा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना व्यक्ति सम्पर्कविहीन भएको पुन बताए।
यस्तै बाढीले लाकुरीबोट ११ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर भुसुन्ड्मा १, घर बगाएको छभने सुकुरदुङको सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि, समेत बगाएको छ । साविक बोबाङमा रहेका ३ वडा जलविद्युत आयोजना र ३ वटा झोलुँगेपुल समेत बगाएको छ। घटनाको बिस्तृत विवरण आउन बाँकी छ।
त्यहाँका जनप्रतिनिधिको सम्पर्क हुन सकिरहेको छैन भने भीषण वर्षाका कारण बिहिबार बिहान सम्म बुर्तिबाङबाट हिँडेको प्रहरी टोलि घटनास्थल पुग्न सकेको छैन्।
‘प्रहरी रातीनै मुभ भएको हो। ११ जनाको टोली बाटोमा छ घटनास्थल पुग्न सकेको छैन’ प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले भने ‘क्षती धेरै भएको खवर छ तर पुष्टि गर्न सकिएन्।’ पहिरोकै कारण प्रहरीको टोली बाटोमा रोकिएको उनले बताए।
ढोरपाटन नगरपालिका र जिल्ला प्रहरीले उद्धारमा जुट्न आग्रह गरेका छन्। हराएका मध्ये एक जनाको शव भने बुर्तिवाङ पुरानो पावरहाउस नजिकै भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ।
यस्तै ढोरपाटन घुम्न गएका गल्कोटका एकजना व्यक्ति समेत बेपत्ता भएको स्थानीयले बताएका छन्। भुजिखोलामा पहिरोले थुनेर खोला बढेर आएको खबर भएसँगै ढोरपाटन नगरपालिकाको गादिखोला, सहीखोला, बुढाथोक, बुर्तिबाङ बजार, भिमगीठे बजार र खाल, खार खर्वाङसम्म नदी तटमा रहेका वस्तिमा उच्च सतर्कता अपनाउन रातभर आग्रह गरिएको प्रहरीको भनाइ छ।
उता घटना स्थलतर्फ ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिँह भण्डारीको नेतृत्वमा प्रहरी टोली प्रस्थान गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।