थाहा मिडिया ग्रुप

प्रजातन्त्र स्थापनायताको नेपाली राजनीतिलाई राम्ररी बुझ्नेहरुका लागि थाहा शब्द र थाहा अभियान नौलो होइन। जनमुखी राजनीतिका अथक अभियन्ता रुपचन्द्र बिष्टले थाहा लेखेका भित्ताहरु गाउँसहरमा यदाकदा देख्न पाइन्छ। मान्छेभित्रको मान्छे जगाउन उनले जीवनपर्यन्त थाहा अभियान चलाए। तर बिडम्बना आफ्नो अभियानका माध्यमबाट नैतिक, चारित्रिक र भौतिक विकासको जुन पाठ उनले समाजलाई सिकाउन खोजे- हामी त्यसको छेउसम्म पनि पुग्न सकेनौं।

थाहा गणितको सूत्र होइन। कुनै मन्त्र पनि होइन। थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउँछ, हाम्रो विचारलाई प्रष्ट बनाउँछ, हाम्रो कामलाई ठीक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ। थाहा एउटा प्रकृया हो- जसले सूचनाको माध्यमबाट, विचार-विमर्शको माध्यमबाट, चिन्तनको माध्यमबाट र प्रयोगको माध्यमबाट हामीलाई सत्यको निकट पुर्‍याउँछ। र, हामीले ती प्रत्येक कुरा थाहा पाउन जरुरी छ- जसले हामी बाँचेको समय, हाम्रो समाज र हामी प्रत्येकको जीवनसँग प्रत्यक्ष-परोक्ष सम्बन्ध राख्दछ। सत्यको नजिक पुगेरमात्रै हामीले ठीक काम गर्न सक्छौं। सञ्चारक्षेत्रमा थाहा मिडिया ग्रुपको यो यात्रा त्यही थाहा दिने अभियानतर्फको सशक्त पाइला हो।

१. थाहाखबर

सूचना तथा विश्लेषणको खोजी रहनेहरुका लागि छिनछिनको समाचार पोर्टल हो थाहाखबर। यसमा राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक, खेलकुदलगायत सबै क्षेत्रका मुद्दाहरु उठाउने जमर्को हुनेछ। 'हामी कसैका होइनौं र हाम्रो कोही होइन : सत्य हाम्रो, हामी सत्यका लागि' भन्ने आदर्शबाट अभिप्रेरित भएर हामी समाचार सम्प्रेषण गरिरहने छौं। थाहाखबर निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर कसैको पक्षमा लेख्ने काम गर्ने छैन। यो राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आमजनताको पक्षधर समाचार पोर्टलका रुपमा रहनेछ। सापेक्ष रुपमा स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार यसको मूल आधार हुनेछ।

 
२. थाहा सञ्चार नेटवर्क (रेडियो थाहा सञ्चार ९९.४ एफएम)

थाहा सञ्चार नेटवर्क रेडियोहरुको राष्ट्रव्यापी सञ्जाल हो। रेडियो थाहा सञ्चार ९९.४ काठमाडौंले उत्पादन गर्ने समाचारमूलक सामग्रीहरु देशका ८९ रेडियो स्टेसनहरुबाट एकैसाथ प्रशारण हुन्छ। रेडियो थाहा सञ्चारमा प्रत्येक घण्टा नेपाली र अंग्रेजी दुवै भाषामा समाचार प्रशारण हुन्छ। यो रेडियो खासगरि समाचारकै निम्ति लोकप्रिय छ। २०६४ सालमा हेटौंडामा स्थापित रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्जबाट ९ वर्ष लामो अनुभव सगाल्दै हामी राष्ट्रव्यापी प्रशारणमा होमिएका हौं। Read More...

 

३. थाहा टेलिभिजन

अत्याधुनिक प्रविधिसहित थाहा टेलिभिजन निकट भविष्यमा नै स्वदेश तथा विदेशस्थित दर्शकमाझ आउनेछ।