|

दोलखा : दोलखामा प्रतिनिधि सभातर्फको २७,४१७ मत गणना हुँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीको अग्रता कायमै छ।

उनले नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीलाई १,०८० मतले पछि पारेका छन्। माओवादीका कार्कीले १२,४९० मत पाएका छन् भने एमालेका शिवाकोटीको ११,४९० मत रहेको छ।

यसैबीच दोलखा प्रदेशसभा (क)तर्फ भने नेपाली काँग्रेसका कुन्दनराज काफ्लेले शुरुवातीदेखि नै अग्रता लिएका छन्। शुरुबाटै अग्रता लिएका काफ्लेले एमालेका नरबहादुर श्रेष्ठलाई १,४५८ मतले पछि पारेका छन्। काफ्लेले १०,६६९ मत प्राप्त गरेका छन् भने श्रेष्ठको ९,२११ मत छ।

प्रदेशसभा (क)तर्फ २२,५५६ मत गणना भएको छ। प्रदेशसभा (ख) तर्फ नेकपा एमालेका भरतबहादुर केसीले अग्रता लिएका छन्। शुरुवाती चरणदेखि काँग्रेसले अग्रता लिए पनि पछिल्लो मतपरिणाम अनुसार एमालेका केसीले अग्रता लिएका छन्। २७,४८१ मत गणना हुँदा केसी १४४ मतले अघि छन्। केसीले १२,३३७ मत पाएका छन् भने कांग्रेसका बर्मा लामाले १२,२२० मत पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.