|

सल्यान : सल्यानको एक दम्पती भारतको एक घरमा बन्धकमा परेको छ।

रोजगारीका लागि भारतको हिमाचल प्रदेशको रुडु पुगेका सल्यान सिद्ध कुमाख गाउँपालिका–१ माथिल्लो बाँझकाँडाका २२ वर्षीय भेषराज बुढाथोकी र उनकी श्रीमती २३ वर्षीया टीका बुढाथोकी भारतको एक घरमा बन्धकमा परेका हुन्।

दम्पतीले १७ तोला सुन चोरेको आरोप लगाउँदै प्रहरीमा रिपोर्ट गरे पनि प्रहरीले समेत चोरी नगरेको पुष्टि भइसक्दा समेत घर मालिकले दुवैलाई नजरबन्दमा राखेको उनका आफन्तले जानकारी दिएका छन्। ३७ लाख रुपैयाँ नबुझाएसम्म उनीहरूलाई नछोड्ने बताउँदै आइरहेको आफन्तको भनाइ छ।

घरमालिकले घर तथा आफन्तलाई फोन सम्पर्क समेत गर्न नदिएको र मोबाइल, गरगहना र पैसासमेत राखि दिएको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.