काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछ।
नेपाल पुलिस र चर्च ब्वाइज, एपीएफ र थ्रीस्टार तथा मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा भिड्न लागेका हुन्।
पुलिस क्लब र चर्च ब्वाइजबीचको खेल च्यासल मैदानमा दिउँसो साढे २ बजे सुरु हुनेछ । सोही समयमा दशरथ रंगशालामा हुने खेलमा एपीएफ र थ्रीस्टारबीच प्रतिस्पर्धा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ।
यस्तै मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पाबीचको खेल अपराह्न साढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ। शुक्रबार भएको उद्घाटन खेलमा खुमलटार फुटबल क्लबले फ्रेन्ड्स क्लबलाई १–० गोलले हराएको थियो।
यो पटकको लिग विजेताले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।