|
सांकेतिक तस्विर

काठमाडौं : माओवादी केन्द्रका नेता वर्षमान पुनको आमामाथि गोली प्रहार भएको छ। गएराति बालुवाटारस्थित पुनकै निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन्। 

कायममुकायम प्रधानन्यायाधीशको सुरक्षा टोलीमा रहेका मगरलाई प्रहरीले पक्राउ गरेको छ। गएराति साढे ९ उनले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

वर्षमानकी आमाको गोडामा गोली लागेको छ।ट्रमा सेन्टरमा उनको उपचार हुँदैछ। घटनाबारे अनुसन्धान गरिरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.