|
फाइल तस्बिर

काठमाडौं : नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले सरकार तथा काठमाडौं महानगरपालिकाले १५ दिनभित्रमा माग पूरा नगरे बञ्चरेडाडाँमा फोहोर फाल्न नदिने चेतावनी दिएको छ।

माग पूरा गर्न आलटाल मात्रै भएको बताउँदै ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले अबदेखि बञ्चरेडाडाँमा फोहोर फाल्न नदिने चेतावनी दिए।

उनका अनुसार यसअघि सिसडाेलमा विसर्जन गरिँदै आएको काठमाडौं उपत्यकाको फोहोर अहिले बञ्चरेडाडाँमा फाल्ने गरिएको छ। 

यी दुई स्थानी तहको २०७९ जेठ ३ गते सरकार,शहरी विकास मन्त्रालय,काठमाडौं महानगरपालिका,धुनिबेसी नगरपालिका र ककनी गाउँपालिकाका सरोकारवालाहरूबीच र ०७९ जेठ २६ गते काठमाडौं महानगरपालिका,धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाको प्रभावित क्षेत्रका वडा अध्यक्षहरूबीच भएको सम्झौता कार्यान्वयनमा आउनुपर्ने अडान छ। 

फोहोर मैला व्यवस्थापनको लागि वैज्ञानिक तथा आधुनिक प्रविधिबाट विज्ञ टोली गठन गरि न्यून प्रभाव पर्ने गरि फोहरमैला व्यवस्थापन गर्ने र बञ्चरेडाडाँबाट निस्किएको फोहोरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यन्त्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ।

‘यी माथिका मागहरू १५ दिनभित्रमा पूरा नभएमा दुवै स्थानीय तहको कार्यपालिका बैठकले निर्णय गरि फोहोर ढुवानी बन्द गराइने छ,’दुई स्थानीय तहबाट जारी विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.