|

काठमाडौं : नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ। 

आज सुन प्रतितोला १२ सय रुपैयाँले बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो।

हिजो छापावाला सुन प्रतितोला १८ सय रुपैयाँले बढेर १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको थियो। छापावाला सुन दुई दिनमा ३ हजार रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ १ लाख ११ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। 

यो हालसम्म कै उच्च हो। यसअघि चैत २२ गते छापावाला सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको थियो।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ तोकिएको छ। तेजाबी सुन आइतबार प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ कारोबार भएको थियो। 

 आज चाँदी भाउमा पनि उल्लेख्य वृद्धि भएको छ। हिजो प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.