|

काठमाडौं : नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका सचिव टोपबहादुर रायमाझीलाई अनुसन्धानमा सघाउन आग्रह गरेको छ। 

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले उपमहाचिव तथा प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पार्टीको बैठकले अनुसन्धानमा सघाउन निर्देशन दिइसकेकोले रायमाझीलाई पनि सहयोग गर्न आग्रह गरे। 

गुरुङले विधिको शासनमाथि विश्वास गर्ने पार्टीको हैसियतले विधिपूर्वक, कानुन पूर्वक भइरहेको छानबिनलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

उनले भने, ‘सरकारले दायाँबायाँ तलमाथि नगरिकन दोषीहरू कोही पनि नछुटुन्। निर्दोष कोही पनि नपरुन् अभियानका साथ लागोस्। एमाले सहयोग र समर्थन गर्न तयार छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.