|

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा लगिएको छ।

काठमाडौं प्रहरी परिसर टेकुको हिरासतमा रहेका खाणलाई बयानका लागि सरकारी वकिल कार्यालयमा लगिएको हो।  शरणार्थी प्रकरणमा पक्राउ परेका खाणसहित १२ जनालाई शनिबारदेखि लागू हुने गरी आइतबार थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी हिजोमात्र काठमाडौंबाट पक्राउ परेका छन्। उनलाई आज म्याद थप गर्ने तयारी छ। एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीकविरूद्ध आइतबार पक्राउ पुर्जी जारी भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.