|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबारको संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन्। 

शनिबार एमाले संसदीय दलको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भोलिको प्रतिनिधिसभा बैठकमा आफ्नो सम्बोधन रहने बताएका हुन्। 

अध्यक्ष ओलीले जेठ ४ गतेको संसद् बैठकमा सम्बोधन गर्ने कार्यसूची थियो। यद्यपि उनले आफ्नो स्वास्थ्य समस्याका कारण सम्बोधन गर्न सकेका थिएनन्। 

उनले भोलिको बैठकमा सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रम, नक्कली शरणार्थी प्रकरण लगायतका विषयमा बोल्ने भएका हुन्। 

यस्तै एमाले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा उभिने भएको छ। अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम स्वीकार्य नरहेकाले सदनबाट पारित हुन नदिने बताएका हुन्। 

‘सरकारको नीति तथा कार्यक्रमले कुनै मार्गदर्शन गर्दैन। यो स्वीकारयोग्य छैन। समर्थन योग्य छैन। विरोधयोग्य छ। यस्तो फाल्तु कार्यक्रम नीतिका नाममा दस्तावेज पेस हुनु दुःखको कुरा हो। यसर्थ यसलाई पास गर्न हुँदैन, मिल्दैन। यसको विरोध गर्नुपर्छ। हाम्रो पोजिशन त्यही हो,’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.