|

कोलकाता नाइट राइडर्सलाई हराउँदै लखनऊ सुपर जायन्ट्स इण्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। 

कोलकाताको घरेलु मैदान इडन ग्रार्डेनमा लखनऊले १ रनको रोमाञ्चक जित दर्ता गरेको हो। लखनउले दिएको १७७ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन मात्र बनायो । 

शुरूआती ब्याटिङ गर्दै लखनऊले १७६ रन बनाएको थियो। जवाफी ब्याटिङ गर्दै कोलकाताले लक्ष्य भेट्टाउन सकेन। अन्त्यसम्म खेल्दा कोलकताले सात विकेटमा १७५ रन मात्रै बनाउन सक्यो ।

जितसँगै १४ खेलमा ८ जित र ५ हार सहित १७ अंक जोडेको लखनउले तेस्रो स्थानमा रहँदै प्लेअफ यात्रा पक्का गरेको हो।  यसअघि गुजरात टाइटन्स र चेन्नई सुपर किङ प्लेअफमा पुगिसकेका छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.