|

काठमाडौं : नेकपा एमालेका महासचिव शंखर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाएका छन्।

शरणार्थी प्रकरणमा मुख्य योजनाकार केशव दुलालले बयानमा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिवहरूको नाम लिएपछि पोखरेलले सत्तास्वार्थका लागि लज्जास्पद नाटक गरिएको टिप्पणी गरेका हुन्।

बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेखेका छन्, ‘काँक्राचोरले काँक्रो आफूले खाएर बियाँ सोझा गाउँले किसानको अनुहारमा टाँसिदिएर चोरको आरोप लगाएजस्तो बनाइएछ नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान। सत्तास्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुने नै छ।’ 

शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश बज्राचार्य तथा सल्लाहकार अजयक्रान्ति शाक्यको पनि नाम मुछिएपछि पोखरेलको यस्तो प्रतिक्रिया आएको हो। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.