|

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सबै सरकारी कार्यालयमा डिजिटलाइजेशन सिष्टमको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

सरकारी कार्यालयमा हुने भ्रष्टाचार र स्थानीय तहमा हुने भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन प्रवर्धन गर्न उक्त सिष्टमको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले दर्ता, चलानी नै नराख्ने सरकारी कार्यालयको अवस्थामा सुधार ल्याउन पनि सरकारले उक्त काम गर्न ढिलाइ गर्न नहुने बताए।

उनले भने, ‘सरकारी कार्यालय र स्थानीय तहमा व्याप्त भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनका निम्ति डिजिटलाइजेशन र पेपरलेस ब्यूरोक्रेसीलाई कार्यान्वयनमा लगौं भन्दै सधैंझै सभामुख महोदयमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। हाम्रा हरेक कार्यालय र स्थानीय निकायमा हुने दर्ता र चलानीलाई मात्र भए पनि डिजिटल सिष्टममा रियल टाइममा कम्प्युटरमा रेकर्ड हुने व्यवस्था गरियोस्। धेरै कार्यालयको सूक्ष्म अध्ययन गर्‍यौं भने नियतवश नै दर्ता र चलानी नम्बर खाली छोडने वा केरमेट गर्ने गरेको भेटिन्छ र त्यही ठाउँमा म्याद सकिएपछि पनि रातारात कागजपत्र मिलाएर पुरानो मितिको दर्ता, चलानी राखेर कागजपत्रहरू हेरफेर गरिन्छ।’

सांसद श्रेष्ठले इच्छाशक्ति भए सरकारले मातहतका कार्यालयमा दर्ता र चलानी डिजिटल सिष्टम सञ्चालन गर्न समय नलाग्ने दावी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.