|

काठमाडौं : विश्व वातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दोस्रो बृहत् साइकल र्‍याली आयोजना गर्ने भएको छ। 

यही जेठ २० गते शनिवार बिहान ७ बजे बैंकले ‘सांग्रिला साइकल र्‍याली २०८०’  आयोजना गर्न लागेको हो। 

सो दिन बिहान ७ बजेदेखि सांग्रिला बैंकको बालुवाटारस्थित केन्द्रीय  कार्यालय अगाडिबाट कार्यक्रमको सुरुवात हुनेछ। र्‍यालीले शहरका मुख्य भागको परिक्रमा गर्ने र एक घण्टापछि सानो गौचरणको चौरमा गएर समाप्त हुने बैंकले जनाएको छ। 

सांग्रिला डेभलपमेन्ट बैंकले अघिल्लो वर्ष गरेको साइकल र्‍यालीमा बैंकका कर्मचारी मात्र सहभागी थिए। तर, यो पटक भने विभिन्न क्षेत्रका ३०० भन्दा बढी सहभागी हुने बैंकको अपेक्षा छ। 

सहभागीमध्ये एकजनालाई लक्की ड्रबाट साइकल उपहार दिने बैंकका सूचना अधिकारी अपूर्वप्रसाद जोशीले जानकारी दिए। र्‍यालीमा सहभागी सबैलाई बिरुवा उपहार दिने पनि जनाइएको छ। 

बैंकले विकास बैंकको छाता संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसन (डिबान) सँगको सहकार्यमा यो कार्यक्रम आयोजना गर्न लागेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.