|

काठमाडौं : भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले शुक्रबार १२ ज्योतिर्लिङ्गमध्येको महाकालेश्वरको पूजाअर्चना गर्दैछन्।

भ्रमण तालिकाअनुसार प्रचण्ड बिहान ११ बजे मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिर पुग्नेछन् र त्यहाँ पूजाअर्चना गर्नेछन्। यस क्रममा शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनलाई प्रवेश निषेध गरिएको छ।

उज्जैनमा प्रचण्डलाई मध्य प्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने भएका छन्। पूर्जाअर्चनापछि उनी इन्दोर प्रस्थान गर्नेछन्। 

प्रधानमन्त्री शनिवार स्वदेश फर्किने कार्यतालिका छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.