|

काठमाडौं : नेपालमा कुल जातजातिको संख्या  १४२ पुगेको छ। २०६८ को जनगणनामा जातजाति १२५ रहेकामा हाल १७ थप भएको हो।  साथै मातृभाषा सङ्ख्या १२४ र धर्म संख्या १० कायम भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार राष्ट्रिय जनगणना, २०७८ मा जातजाति, भाषा र धर्मसँग सम्बन्धित उत्तरदाताका जवाफका आधारमा विज्ञसमूहको सिफारिसका आधारमा यो विवरण सार्वजनिक गरिएको हो । 

कार्यालयका अनुसार २०६८ को जनगणना अनुसार १२३ वटा मातृभाषामध्ये १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिको संख्या न्यून भएकाले ‘अन्य भाषा’ अन्तर्गत समावेश गरी हाल नयाँ थप भएका १३ वटा समेत गर्दा जम्मा १२४ वटा मातृभाषा कायम भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.