|

काठमाडौं : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नभएको भए नागरिकताको समस्या नेपालमा कहिले पनि समाधान नहुने दाबी गरेका छन्। 

आइतबार पार्टीको विधान अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले जनता समाजवादी पार्टी नभएको भए नागरिकता समस्या कहिले हल नहुने दाबी गरेका हुन्। 

उनले जसपा नभएको भए देशमा संघीयता नआउने दाबीसमेत गरे। उनले वर्तमान सरकारले आफ्नो समयसम्म काम गर्न पाउनुपर्ने पक्षमा आफूहरु रहेको बताए। उनले वर्तमान सत्तारुढ गठबन्धन कायम राख्नुपर्ने बताए। 

‘हामी चाहन्छौँ, यो सरकार निरन्तर आफ्नो समयसम्म रहोस् र यो गठबन्धन अगाडि बढोस्। परिवर्तनको नेतृत्व सरकारले गर्नुपर्छ। सबभन्दा पछि परेका कर्णाली प्रदेश, मधेश प्रदेशका जनतालाई बढी निरुत्साहित बनाएको छ। यसलाई सच्याउँ, सुधारौँ भन्दैछौँ हामी‚’उनले भने‚ ‘अहिले जसपा नभएको भए नागरिकता समस्या नेपालमा कहिले पनि हल हुने थिएन। जसपा नभए नेपालमा संघीयता कहिले आउने थिएन। जसपा नभएको भए धर्म निरपेक्षता, समावेशिता जस्ता कल्पनाका कुरा हुने थिए।’

अध्यक्ष यादवले देशको शासकीय स्वरुप परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने बताए। उनले निर्वाचन प्रणाली पनि खर्चिलो भएको भन्दै यसको पनि परिवर्तन गर्नुपर्ने बताए। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक संसदको व्यवस्था गर्नुपर्नेमा जोड दिए। 

उनले भने‚ ‘संघीयतालाई संविधान संशोधन गरेर प्रदेशका संरचनाहरुलाई सच्याउनु पर्छ। प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउने र साँच्चैको संघीयताको प्रत्याभूति जनतालाई दिलाउनका लागि संविधान संशोधनबाहेक अर्को बाटो छैन। अहिले देखिएका विकृति, विसंगति सिस्टमले नै ल्याएको हो । नेपालमा जुन खालको संसदीय प्रणाली अपनाइयो, जुन खालको निर्वाचन प्रणाली अपनाइयो यसले राजनीतिक स्थिरता दिन सक्दैन भ्रष्टाचार, कमिशनतन्त्र जस्ता विकृति र विसंगति अन्त्य पनि गर्न सक्दैन। अहिलेको जस्तो महंगो चुनावले भ्रष्टाचार नबढाए‚ अनियमितता नजन्माए के गर्छ त? प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपति हुने, राष्ट्रपतिले सक्षम र विज्ञ व्यक्तिहरुबाट सरकार निर्माण गरेर स्थिरता, विकास र समृद्धिलाई अगाडि बढाउनुपर्छ। यसका लागि संविधान संशोधन, परिमार्जन गर्न जरुरी छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.