|

काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ६२ अङ्कले ओरालो लागेर २ हजार ४८ दशमलव ९३ मा सीमित भएको छ।

ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९० अङ्कले ओरालो लागेर ३९१ दशमलव २५ मा सीमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ।

नेप्सेका अनुसार कूल ९३ लाख ८२ हजार ४४० कित्ता शेयर ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँ मूल्यमा खरिद बिक्री भएको छ। 

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको २३ करोड ७५ लाख ९३ हजार ३४८ मूल्य बराबरको कारोबार भएको छ। 

त्यस्तै, सोल्टी होटल १७ करोड ९२ लाख ९४ हजार ५६१, हिमालयन लाइफ इन्स्योरेन्स १६ करोड १५ लाख ९ हजार, नेपाल दूरसञ्चार कम्पनी ११ करोड ८४ लाख ४८ हजार ५१४ र चिलिमे हाइड्रोपावर कम्पनी ७ करोड ५० लाख ९० हजार ९८५ मूल्य बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार, एनएमबी बैंकको ऋणपत्र र सिद्धार्थ बैंकको ऋणपत्रको मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। 

एनआइबीएल समृद्धि फण्ड दोस्रो ९ दशमलव ९४, सिटिजन म्युचुअल फण्ड पहिलो ७ दशमलव ९८ र सानिमा लार्ज क्यापका लगानीकर्ताले ७ दशमलव ८३ प्रतिशतले कमाएका छन्।

पिपल्स हाइड्रोपावर ६ दशमलव ०५, हिमालयन पावर पार्टनर ५ दशमलव ८३, बुद्धभूमि नेपाल हाइड्रोपावर ५ दशमलव ८३, मनकामना स्मार्ट लघुवित्त ५ दशमलव ५६ र रिडी पावरका लगानीकर्ताले ५ दशमलव ५३ प्रतिशतले गुमाएका छन्। 

आजको कारोबारपछि बजार पूँजीकरण ३० खर्ब ६४ अर्ब ६४ करोड ९१ लाख ७३ हजार १२९ बराबर रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.