|

काठमाडौं : ‘रावण मरेका छैनन् अझै पनि तपाईं हाम्रा वरिपरि नै हुन सक्छन्। हाम्रै आमा बुबाको रुपमा, शिक्षक शिक्षिकाको रुपमा नातेदारको रुपमा।’

निर्देशक तथा लेखकद्वय सौरव न्यौपाने र प्रशान्त बगालेले तयार पारेको नाटकमा पाठशाला नेपालका विद्यार्थीहरूको नाट्य समुहले मञ्चन गरेको नाटकको संवाद हो यो।

रामायणकालिन परिवेशसँग वर्तमानलाई तुलना गर्दै भजनमण्डलीसहितको प्रस्तुती रहेको नाटकले सन्देशमात्र दिएको छैन हाम्रो कला सभ्यता र संस्कृतिलाई पनि मुखरित गरेको छ।

सीता र रामको सम्बन्ध, सीतालाई रावणले गरेको हरण, सीतालाई रामले रावणबाट छुटाएको प्रसंग, आफ्नो पविबताको प्रमाण दिन सीताले अग्नीपरिक्षा गरेको कुरालाई नाटकमा मिहिन ढंगले देखाइएको थियो भने वर्तमानकालिन समयमा पनि सीताहरू कसरी अन्यायमा छन्। र उनीहरूलाई सामाजिक बन्धनमा कसरी पारिन्छ भन्ने कुरा पनि नाटकमा समेटिएको थियो।

बालबालिकाको स्तरवृद्धिका मुल जड भनेको हाम्रा अभिभावक, शिक्षक नातेदारनै हुन्। यिनैले सेक्सपियरर जन्माउँछन्। हिटलर जन्माउँछन्। राम जन्माउँछन् र रावणहरू जन्माउँछन्। असल र राम्रो परिवेश प्राप्त गरे हरेक व्यक्तिले युगान्तकारी परिवर्तनका सम्वाहक बन्न सक्छन् भन्ने कुरा उक्त नाटकमा देखाइएको थियो।

पाठशाला नेपालका कक्षा ९ र १० का विद्यार्थीले खेलेको उक्त नाटक शनिबार विशेष शो देखाइएको थियो।  

भानु जयन्ती २०८० को अवसर पारेर पाठशाला नेपाल फाउण्डेसन बागडोल ललितपुरले आयोजना गरेको भानु जयन्ती विशेष कार्यक्रम अन्तरगत कथा कविता प्रतियोगफता साथै नृत्यका समेत कार्यक्रम भएका थिए। 

​शनिबार उनीहरूलाई प्रशंसापत्र पनि हस्तान्तरण गरिएको थियो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.