|

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार र मङ्गलबार ओरालो लागको छ।

सोमबार २६ अङ्कले घटेको नेप्से परिसूचक मंगलवार ३६ दशमलव १९ अङ्कले ओरालो लागेर २ हजार १६४ दशमलव ३१ विन्दुमा सीमित भएको छ।

आज विभिन्न कम्पनी २६७ वटा कम्पनीका ७७ लाख १६ हजार २७७ कित्ता शेयर ५३ हजार ५७० पटक खरिदबिक्री हुँदा २ अर्ब ९१ करोड ७ लाख ३२ हजार ४१८ बराबरको कारोबार भएको छ।

आज होटल तथा पर्यटन समूहको उपसूचक ७२ दशमलव ३० अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै जीवन बीमा समूह १७६ दशमलव ४४ र निर्जीवन बीमा समूह १११ दशमलव १८ अङ्कले घटेको छ।

बैङ्किङ ३७ दशमलव २४, विकास बैंक ८६ दशमलव १३, वित्त ३६ दशमलव ५२, जलविद्युत् २६ दशमलव ६३ र लगानी समूह १ दशमलव ०२ अङ्कले घटेको छ।

उत्पादन तथा प्रशोधन समूह १३ दशमलव ३४, लघुवित्त ३६ दशमलव ४९, म्युचुअल फन्ड शून्य दशमलव १०, व्यापार ३ दशमलव ८७ र अन्य समूह २७ दशमलव ९९ अङ्कले घटेको छ।

आज किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने नबिल डिबेन्चर–२०८५ को मूल्य ६ दशमलव ८७ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको १५ करोड २७ लाख ७९ हजार ७४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको ४ लाख १८ हजार २०८ कित्ता शेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.