|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका २१ मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्। 

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८०-८१ को वार्षिक कार्यक्रम कार्यान्वयनका लागि २१ जना मन्त्रीसँग उनीहरूले नेतृत्व गरेको मन्त्रालयले गर्ने कामको कार्यसूचीसहित सम्झौता गरेका हुन्। 

योसँगै अब सरकारले कार्यसम्पादन मूल्यांकनको आधारमा मन्त्रीहरूको कामको मासिक रिपोर्ट कार्ड पनि बनाउने जनाएको छ। सम्झौतापत्रमा हासिल गर्नुपर्ने नतिजा सूचक राखिएको छ, जसमा आर्थिक वर्ष २०७९-०८० को समग्र स्थिति र आर्थिक वर्ष २०८०÷०८१ को लक्ष्य निर्धारण गरिएको छ।

सम्झौतामा कार्यसम्पादनको प्रगति मासिक रूपमा प्रधानमन्त्री कार्यालयमा अनलाइन प्रणालीबाट पठाउनुपर्ने र त्यसलाई मासिक तथा वार्षिक प्रतिवेदन र मूल्यांकनको आधार बनाइने उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.