|

धनगढी : कञ्चनपुरमा एक वडाध्यक्ष कुटिएका छन्। आज (शनिबार) जिल्लाको भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्र देवकोटामाथि कुटपिट भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले राष्ट्रिय युवा संघ नेपालको आन्तरिक किचलोका कारण देवकोटामाथि कुटपिट भएको जानकारी दिए। उनका अनुसार युवा संघको जिल्ला अधिवेशनमा लफडा भएपछि कुटपिट भएको हो।

कुटिएका देवकोटाको टाउकोमा चोट लागेको बताइएको छ। एसपी थापाले अहिले देवकोटाको पक्षबाट ८ जनाविरुद्ध उजुरी आएको र उनीहरूको खोजी सुरु गरिएको बताए। चोट लागेका देवकोटालाई भने धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका लागि ल्याइएको उनको भनाइ छ।

संगठनभित्रको विवादका कारण कुटपिट भएको भनिए पनि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.