|

इटालीको परम्परागत गर्मी मौसममा दिइने फेरागोस्टो बिदा मंगलबारबाट सुरु भएको छ।  बिदाको सुरुवाती दिन मंगलबार इटालीमा पर्यटकहरूको रेकर्ड ब्रेक भएको बताइएको छ।

कोरोना भाइरसका कारण धर्मराएको इटालीको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किन लागेको हो। यस वर्ष इटालीमा अन्तर्राष्ट्रिय पर्यटकको संख्या धेरै हुने अपेक्षा गरिएको छ। यसअघि सन् २०१९ मा ९६ मिलियन पर्यटकहरूले इटालीको भ्रमण गरेका थिए।

यो हालसम्मकै उच्च संख्या थियो। तर यस वर्ष भने सो संख्या भन्दा बढी पर्यटक भित्रिने अपेक्षा गरिएको छ। इटालीको नेशनल इन्स्टिच्युट अफ स्ट्याटिस्टिक्सको हालै मात्र सार्वजनिक तथ्यांकका अनुसार दोस्रो त्रैमासिकमा इटालियन अर्थव्यवस्थामा ०.३ प्रतिशतको गिरावट आएको छ।

तर जुलाईमा भने गत वर्षको तुलनामा ५.९ प्रतिशत धेरैले वृद्धि भएको बताइएको छ। अहिले पर्यटकहरूको चहलपहल बढ्न थालेसँगै आर्थिक गतिविधि पनि वृद्धि हुँदै गएको स्थानीय अधिकारीहरूको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.