|

काठमाडौं : महानगरपालिका भित्रका क्षेत्र अहिले अस्तव्यस्त र अव्यवस्थित छन्। महानगर भित्रका संरचनाहरू भत्काइएका छन् तर बनाइएका छैनन्। सार्वजनिक एवं सरकारी जग्गाहरू मिचेर निजी स्वार्थका लागि संरचना बनाउनु गलत हो।

 त्यसैले पनि काठमाडौं महानगरपालिकाले त्यसरी निर्माण गरिएका संरचना भत्काइदिएको छ। यतिसम्म की खहरे खोला, नदीहरू मिचेर समेत घर, भवनहरू निजी स्वार्थका लागि बनाइएको पाइएको छ। केही दिनअघि मात्रै खहरे खोला मिचेर बनाइएका कपन क्षेत्रका घरहरूमा महानगरले डोजर चलाएको थियो।

त्यतिमात्रै होइन, हात्तीसारमा टुकुचा खोला मिचेर बनाइएका संरचना, सामाखुसीमा नदी उत्खनन, रत्नपार्कमा हडपेर राखिएका पसलहरू लगायत मिचेर बनाइएका संरचना महानगरपालिकाले भत्काउँदै आएको छ। तर यसको असर र यसबाट मानव स्वास्थ्यमा उत्पन्न हुने समस्याका बारेमा महानगर अनविज्ञ झैँ छ।

भत्काइदिएको त छ तर त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने योजना महानगरको हालसम्म पनि देखिँदैन। महानगर क्षेत्रमा अव्यवस्थित र सार्वजनिक सम्पती हडपेर बनाइएका संरचनामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले डोजर लगाएका त छन् तर त्यसलाई व्यवस्थित बनाउने योजना उनीबाट अहिलेसम्म पनि आएको देखिँदैन। किनभने महानगरपालिकाले संरचनाहरू भत्काएर मात्रै छोडेको छ, बनाउन थालेको कतै छैन। भत्काइएका संरचनामाथि झारपात उम्रिसकेका छन्।

सामाखुसी नदी उत्खननपछि खोला किनारका पसलहरूको अस्तव्यस्तता हेर्नुहोस् वा रत्नपार्कका पसलहरू हटाएर सार्वजनिक शौचालय निर्माणका लागि सम्याइएको जमिनको अवस्था हेर्नुहोस्, अवस्था भद्रगोल छ। कपनका खोला उत्खननपछिको अवस्था होस् वा अनामनगरस्थित सार्वजनिक जग्गामा बनेको भद्रकुमारी घले आश्रमको घर भत्काइएपछिको दुरावस्था।

कतै पनि भत्काइएपछि व्यवस्थित बनाइएको छैन। त्यसैले महानगरपालिकाले भत्काउनेसँगै व्यवस्थित र नागरिकलाई हिँडडुल गर्न सहज बनाइदिनेसँगै काठमाडौंलाई अझ सुन्दर बनाउने काममा लाग्दा अझ उपयुक्त र नागरिक जनप्रतिनिधिप्रति आशावादी हुनेछन्। आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका यी तस्वीरहरू।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.