|

काठमाडौं : नेपाल विद्यार्थी संघ(नेविसंघ)ले इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेको शुल्क वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ। बुधबार नेविसंघले पत्रकार सम्मेलन गर्दै शुल्क वृद्धि फिर्ता लिन माग गरेको हो। 

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले तत्काल बढाइएको शुल्क निर्णय फिर्ता लिन माग गरे। उक्त निर्णय फिर्ता नगरे कडा रुपमा आन्दोलनमा उत्रिने उनको चेतावनी छ। उनले भने,‘बारम्बार हामीले ३३ बुदेँ ज्ञापनपत्र शिक्षामन्त्रीलाई बुझाएका छौँ, आकस्मिक ढंगले २ सय ७० प्रतिशत शुल्क बृद्धि गरिएको छ,यो हामी मान्दैनौँ।’

उनले शुल्क वृद्धि गरी क्याम्पसका पदाधिकारीहरू भने विदेश भ्रमण गर्न जान लागेको भन्दै शुल्क बढाउने निर्णय फिर्ता नगरेसम्म सम्बन्धित पदाधिकारी भ्रमण गर्न नपाउने र नदिने बताए। 

यस्तै,उक्त निर्णयविरुद्ध नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि विरोध जनाउको छ। अनेरास्ववियुले त्रिविले इन्जिनियरिङतर्फ स्नातक तहको शुल्क बढाएको प्रति विरोध जनाउँदै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईलाई ध्यानाकर्षण गराएको छ।

उनीहरूका अनुसार त्रिविअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्था (आईओई) ले चार वर्षे स्नातक तहको शुल्क एकै पटक ३ लाखबाट बढाएर ७ लाख पुर्‍याएको छ। यस विरुद्ध विभिन्न विद्यार्थी संगठनहरू आन्दोलनमा उत्रिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.