|

काठमाडौं : प्रेममा परेपछि पनि केटीहरू किन पर्पाेज गर्दैनन् ? केटाहरूले किन प्राय: प्रस्ताव गर्छन्? आजको आधुनिक युगमा पनि अधिकांश केटीहरू पहिले प्रेम व्यक्त गर्नबाट टाढा रहन्छन्, खास कारण के हाेला?

बिस्तारै केटीहरूले पनि पर्पाेज गर्न थालेका त छन्, तर अहिले पनि त्यस्ता केटी न्युन छन्। पर्पाेज ​गर्नु अघि उनीहरू हजार पटक सोच्छन् । केटीहरू यो जिम्मेवारी केटाहरूले लियाेस् भन्ने चाहन्छन्।

धेरै केटाहरू पनि चाहन्छन् कि केटीले घुँडा टेकेर उसलाई आफ्नो प्रेम व्यक्त गरोस्। तर त्यो भाग्य धेरै कम केटाहरूले प्राप्त गर्छन्। प्राय: केटाहरूले पहिले प्रस्ताव गर्छन्। यस्ता केही रोचक कारण छन् जसले केटीहरू पहिले आफ्नो प्रेम व्यक्त गर्न चाहँदैनन् र आफूलाई मन परेको केटाले नै आफूलाई पहिलो पटक प्रेम प्रस्ताव राखोस् भन्ने चाहन्छन्। 

अस्वीकार गर्न चाहँदैनन्
सबैलाई अस्वीकार हुने डर हुन्छ। तर, केटीहरू कहिल्यै चाहँदैनन् कि उनीहरूले कसैले अस्वीकृतिको सामना गर्नुपरोस्। प्रेममा रिजेक्ट हुनु केटीहरूका लागि झट्का हाे।

उनीहरुलाई यसबाट बाहिर आउन धेरै समय लाग्छ । यदि आफूले प्रेम प्रस्ताव राखेको  केटाले स्वीकार गरेन भने केटीहरूले आत्मबल कमजोर भएको महसुस् गर्छन्, जसले केटी पहिलो पटक आफैँले प्रेम प्रस्ताव राख्नबाट पछि हट्छन्।

प्रेम तोडिने डर
भनिन्छ कि केटीहरु केटालाई पहिले पर्पाेज गर्नबाट टाढै रहन्छन्, किनकि सो गर्दा उनीहरूको इज्जत नहोला भन्ने डर हुन्छ, जसले केटाहरूले उनीहरूलाई प्रेम तोड्ने धम्की दिइरहनेछ, जसले गर्दा प्रेम सम्बन्ध बीचमै तोडिने डर केटीहरूमा हुन्छ। त्यसैले केटाहरूले नै पहिले प्रेम प्रस्ताव गरुन् भन्ने केटीहरू चाहन्छन्। 

स्पेशल  महसुस गर्ने चाहाना

धेरै अध्ययनहरूले पत्ता लगाएका छन् कि केटीहरू डेटमा सोध्न मन पराउँछन्। यसकारण केटीहरूले पहिले कुनै केटालाई पर्पाेज गर्दैनन् । किनभने केटीहरू सधैँ विशेष महसुस गराउन चाहन्छन्।  यस्तै केटीहरू आफ्ना लागि प्राथमिकता चाहन्छन्। जसले गर्दा केटाहरुले नै आफूलाई स्पेशल महसुस् गराएर केटाहरुले नै प्रेम प्रस्ताव राखुन् भन्ने चाहन्छन्। 

बोल्ड ट्याग प्राप्त गर्नबाट जोगिन

पहिले आफ्नो मनपर्ने केटालाई पर्पाेज गर्ने केटीहरूलाई बोल्डको ट्याग दिइन्छ। अर्थात् यस्ता युवतीलाई सजिलै पाउन सकिन्छ भन्ने साेच हुन्छ । कुनै पनि केटीले आफ्ना लागि यस्तो सोच सहन सक्दैन। त्यसैले उनीहरू जहिले पनि संकेत दिएर प्रेम व्यक्त गर्न चाहन्छिन्।

हतासको ट्याग चाहिँदैन
केटाहरूले सधैँ केटीहरूलाई आफ्ना भावना बताइरहेका छन्। यदि केटाले आफ्नो माया पाउनका लागि विभिन्न काम गर्छ भने मानिसहरू उसलाई रोमान्टिक भन्छन् तर केटीले एउटै काम गर्छ भने मानिसहरु उसलाई फरक साेच्छन्।

कहिलेकाहीँ कतिपयले उनीहरुका लागि चरित्रहीन शब्द पनि प्रयोग गर्छन् । यो सबै सोचेर केटीहरु आफ्नो मनको कुरा आफ्नो प्रेमीलाई बताउन टाल्छन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.