|

काठमाडौं : पत्रकार कुम्भराज राई र गजेन्द्र राई पुरस्कृत भएका छन्। आइतबार किराँत राई पत्रकार संघले संघको १६औँ स्थापना दिवसको अवसरमा उनीहरूलाई पुरस्कार प्रदान गरेको हो। 

किराँत राई यायोक्खा कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवं यायोक्खाका अध्यक्ष जीवन हाताचो राई,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)का अध्यक्ष गजुरधन राई लगायतले संयुक्त रूपमा नगद तथा प्रमाणपत्रसहित दुवै जनालाई सम्मान गरे। दुवै जनाको पुरस्कार राशि जनही १० हजार रुपैयाँ छ। 

पुरस्कृत कुम्भराज कान्तिपुर दैनिकको ओखलढुंगा संवाददाता छन् भने गजेन्द्र रेडियो नेपालकाे उदयपुर संवाददाता छन्। संघले हरेक वर्ष कृषि विज्ञ मदन राईद्वारा स्थापित अक्षय कोषबाट राई पत्रकारहरूलाई पुरस्कृत गर्दै आएको छ। 

कार्यक्रममा यायोक्खाका अध्यक्ष राईले पत्रकारिता क्षेत्रमा रहेर देशको सेवा गर्दै आएको बताए। ‘पत्रकारहरूले किरात समुदाय भित्र रहेर विभिन्न माग,मुद्धाको विषयमा पनि उजागर गर्दै राज्यलाई घचघच्याउँने काम गर्दै आएका छन्,याे साथ सधै चाहिन्छ’उनले भने। 

संघका केन्द्रीय अध्यक्ष अवतार राईले उपत्यकामा मात्र नभई देशका विभिन्न जिल्लाहरूमा पनि विविध कार्यक्रम आयोजना गरी १६ औँ स्थापना दिवस मनाइरहेको जानकारी दिए। उनले यही बेला संघको बार्षिक समिक्षासमेत गर्ने गरेको र कमजोरीहरूलाई सुधार गर्दै जाने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.