|

काठमाडौं : काठमाडौं शहर भन्ने बित्तिकै धुलो, धुवाँ, हिलो मनमा आइहाल्छ। काठमाडौं उपत्यकाका सडकको अवस्था नै यस्तै छ। जता हेर्‍यो, त्यतै धुवाँ र धुलो अनि खाल्डाखुल्डी।

ट्राफिक जाम, पैदलयात्रुमैत्री फुटपाथ नहुनु लगायतका अन्य दुःखका कुरा मनमा खेल्ने गर्दछन्। न बिहान स्वच्छ हावा खाँदै मर्निङ वाक गर्ने स्थान छ त न कतै साँझ बिहान टहल्ने र बालबालिकासँग रमाउने खुला स्थान। शहरका यस्ता अव्यवस्थित स्थानले बिहान कार्यालय हिँडेको कर्मचारी कार्यालय पुग्नासाथ थकित हुन्छन्, अर्थात जाँगर मर्छ। 

तर, काठमाडौं उपत्यकाको स्वरुप फेरिँदैछ। नदी नालाको सरसफाई, सडक पेटी व्यवस्थित बनाउने, पार्कहरु निर्माण गर्ने कामले पूर्णता पाउन नसकेपनि बन्दै गरेको अवस्थाले आकर्षक देखिन थालेको छ, काठमाडौं । न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका फेरिँदै गरेका काठमाडौंका केही दृष्य ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.