|

सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका–१० स्थित रत्न राजमार्गअन्तर्गत पर्ने टोलीखोला पुलबाट हाम्फालेका एक व्यक्तिको मृत्यु भएको छ।

आइतबार राति साढे ११ बजेको समयमा पुलबाट हाम्फालेको दैलेखको आठबीस नगरपालिका–३ बस्ने वर्ष ३८ का दीपक कार्कीको उपचारका क्रममा मृत्यु भएको हो।

कार्की नेपालगञ्जबाट कर्णाली प्रदेश २४७ नम्बरको बसमा सुर्खेत आउँदै थिए। बस टोली खोला पुल नजिकै खाना खान रोकिएको थियो। सोही क्रममा खाेलामा हाम्फालेका कार्की घाइते भएकामा उपचारका क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 

उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालले आज डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले बताए।

प्रहरीले गाडी र चालक अछामको तुर्माखाँद गाउँपालिका–३ का २७ वर्षीय प्रेम नेपालीलाई पक्राउ गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.