|

ललितपुर : प्रथम गोदावरी नगर कप खुल्ला फुटबल प्रतियोगिता २०८० को उपाधि लेलेको ज्ञानकुण्ड युवा क्लबले जितेको छ। 

सिङघे डाडुप  युवा क्लबलाई पेनाल्टी सुट आउटमा ३–२ गोल अन्तरले  हराउँदै ज्ञानकुण्डले क्लब स्थापनाको १५ वर्षपछि पहिलोपल्ट फुटबल प्रतियोगिताको उपाधि जितेको हो। 

पहिलो हाफमा सन्दीप कार्कीले गोल गर्दै ज्ञानकुण्डलाई अग्रता दिलाए, तर दोस्रो हाफमा गएर सिङ्घेका सागर तामाङले गोल फर्काउँदै खेल बराबरीतर्फ लगे। 

निर्धारित समयसम्म १–१ गोलको बराबरीमा खेल रहेपछि, खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। 

२०६५ सालमा स्थापना भएको ज्ञानकुण्डले हरेक वर्ष हुने कुनै न कुनै फुटबल प्रतियोगितामा भाग लिँदै आए पनि उपविजेताभन्दा माथि उठ्न सकेको थिएन । 

यसअघि विभिन्न प्रतियोगितामा ज्ञानकुण्ड  ७ पटक उपबिजेतामै सिमित बनेको थियो। क्लबका कार्यबाहक अध्यक्ष निकेश श्रेष्ठले यो उपाधीले कल्वको सदस्यहरुको सपाना पुरा भएको जानकारी दिए। 

स्थापना कालदेखि नै ज्ञानकुण्डले खेलका अलाबा विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ।  लेलेको बसपार्क ,तिलेश्वरधाम को मुहार फेर्न विशेष योगदान रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.