|

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट गाँजासहित नर्वेका नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार शुक्रवार बिहान करिब १० बजेको समयमा कास्कीको पोखरा महानगरपालिका–१४ चाउथेस्थित विमानस्थलबाट ५३ वर्षीय रुन फल्थालाई नियन्त्रणमा लिइएको हो।

अवैध लागूऔषध गाँजा बोकी विदेशी नागरिक प्रस्थान कक्षमा हिँडेको भन्ने सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो। 

उनको साथबाट लागूऔषध पोल्यान जस्तो देखिने पदार्थ १० ग्राम र लागूऔषध गाँजाको धुलो ३५ ग्राम बरामद भएको छ।

फल्थामाथि अनुसन्धान गर्नका लागि कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विकले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.