|

काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नेपाल बैंकले आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ५० लाख प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको हो। 

कर्णाली प्रदेशअन्तर्गत जाजरकोट जिल्ला केन्द्रबिन्दु भएर मिति २०८० कार्तिक १७ गते मध्यरात गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुग्न गएकोमा भूकम्पबाट प्रभावित समुदायलाई आर्थिक सहयोग उपलब्ध गराएको हो।

नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीज्यूले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, बालुवाटारमा आज आयोजित एक कार्यक्रममा ५० लाखको चेक सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहालज्यू समक्ष हस्तान्तरण गरेका छन्।

नेपाल बैंक लिमिटेडबाट भूकम्प पीडितका लागि आर्थिक सहयोग प्रदान भएकोमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहालज्यूले बैंक परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गरे।

उक्त कार्यक्रममा बैंकको सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीज्यूले बैंकले दैवी तथा प्राकृतिक प्रकोप, महामारीको रोकथाम तथा नियन्त्रणलगायत विभिन्न विपतको समयमा आर्थिक सहयोग प्रदान गर्दै आएकोमा सो को निरन्तरता स्वरूप जाजरकोट भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको र आगामी दिनमा समेत बैंकको तर्फबाट यस प्रकारको सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गरे।

उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य श्री विवेक शम्शेर ज.ब.रा., का.मु.प्रमुख कार्यकारी अधिकृत श्री समता पन्त, बैंकका कम्पनी सचिव श्री केशव प्रसाद भण्डारी तथा बरिष्ठ प्रबन्धक श्री विश्वराज भण्डारी समेतको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.