|

काठमाडौं : आइतबार ५ प्रतिशतको वृद्धिपछि ४० मिनेटको लागि सर्किट लागेर बन्द भएको नेप्से पुनः बढेर ६ प्रतिशत पुगेपछि आजको लागि सेयर कारोबार बन्द भएको छ।  दोस्रो सर्किट ब्रेकपछि १२ बजेर ७ मिनेट २९ सेकेन्डमा खुलेको शेयर कारोबार नेप्से ६ प्रतिशतले बढ्दा १११ अंकले बढेर नेप्से १९६३ अंकमा पुगेको छ। आइतबार करिब १० मिनेट चलेको बजारमा ४८ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ।

नेप्से पहिलो १ घण्टामा ४ प्रतिशत बढे २० मिनेटको लागि कारोबार बन्द हुन्छ भने, २ घण्टामा ५ प्रतिशत बढे ४० मिनेटको लागि र बजार ६ प्रतिशतले बढे दिनभरिको लागि कारोबार बन्द हुन्छ। आइतबार सूचक लगातार बढेर ६ प्रतिशत पुगेपछि कारोबार बन्द भएको हो।

सेयर बजार बढेसँगै लगानीकर्ताहरूमा उत्साह देखिएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षालाई बजारले सकारात्मक रूपमा स्वागत गरेको बुझ्‍न सकिन्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.