|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली प्रदेशका भूकम्प प्रभावित ७ जिल्लामा खोप अभियान सन्चालन गर्ने भएको छ। 

मन्त्रालयले यही पुस ५ गतेदेखि पुस १४ गतेसम्म ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा-रुबेला खोप अभियान सन्चालन गर्न लागेको हो। यस्तै १६ वर्ष देखि ४५ वर्षसम्मका व्यक्तिहरूलाई टाइफाइड विरुद्धको टि.सि.भी खोप पनि यही समयमा मन्त्रालयले दिन लागेको छ। 

दादुरा-रुबेला र टि सि भी खोप दिइने जिल्लाहरू जाजरकोट र रुकुम पश्चिम रहेका छन्। सुर्खेत, जुम्ला, कालिकोट, दैलेख र सल्यानमा भने टि.सि.भी खोप मात्र दिइने छ।

यस्तै नियमित खोप लगाउन छुटेका ९ महिना देखि ५ वर्ष उमेर सम्मका बालबालिकालाई छुट खोप पनि दिईँदैछ। त्यसको लागि आफूसँग भएको नियमित खोप कार्ड लिएर आउन मन्त्रालयले आग्रह समेत गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.