|

काठमाठौं : पछिल्लो एक हप्ता लगातार बढेको नेप्से परिसूचक बिहीबार ३२.७७ अंकले घटेर २१०९.१० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ६ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४४ अंक घटेको छ।

आज नेप्सेसँगै कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन ७ अर्बको शेयर खरिदबिक्री भएको बजारमा आज ३०४ स्टकको १ लाख ११ हजार ९८० पटकको कारोबारमा ६ अर्ब २७ करोड ४३ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटे पनि १० स्टकको सेयरमा सकारात्मक सर्किट लेभलको कारोबार भयो। त्यस्तै, अन्य दुई स्टकको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने ३ स्टकको मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

घट्ने स्टकहरुको सूचीको शीर्ष स्थानमा सूर्या ज्योति लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको शेयरमूल्य यस दिन करिब साढे ७ प्रतिशत घटेको छ। यस दिन शिवम् सिमेन्टको ३० करोड ६८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.