|

काठमाडौं : एनएमबि बैंकले काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ (केआईओसीएच) लाई २५ लाख रुपैयाँ  सहयोग गरेको छ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले केआईओसीएचका अध्यक्ष डा. भगवान् कोइरालालाई सहयोग रकम प्रदान गरेका हुन्। बैंकले र अस्पतालको बाल स्वास्थ्य सेवामा सुधार ल्याउने केआईओसीएचको प्रयासलाई सघाएको जनाएको छ।
  
समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्य आयोजना गर्दै आएको बैंकले ​जनाएको छ।

एनएमबि बैंकले देशभर २०१ शाखा, १७१ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत कारोबार गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.