|

नोभेम्बर २०२३ मा भारतको औद्योगिक उत्पादन २.४ प्रतिशतले बढेको छ। औद्योगिक उत्पादन सूचकांक (आइआइपी) द्वारा प्रकाशित तथ्यांकअनुसार नोभेम्बर २०२३ मा भारतको औद्योगिक उत्पादन २.४ प्रतिशत बढेको हो।

आइआइपीले जारी गरेको तथ्यांकअनुसार सन् २०२३ नोभेम्बरमा खानी, उत्पादन र विद्युत क्षेत्रको औद्योगिक उत्पादनको सूचकांक क्रमशः १३१.१, १३९.२ र १७६.३ रहेको छ।

प्रयोगमा आधारित वर्गीकरणअनुसार, नोभेम्बर २०२३ महिनाको लागि सूचकांकहरू प्राथमिक वस्तुहरूको लागि १४३.८, पुँजीगत वस्तुहरूको लागि ९८.०, मध्यवर्ती वस्तुहरूको लागि १५१.४ र पूर्वाधार/निर्माण वस्तुहरूको लागि १६४.१ मा रहेको आधिकारिक तथ्यांकले देखाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.