|

 काठमाडौं : नेपाल बैंक लिमिटेडको ६४औँ वार्षिक साधारणसभा आइतबार सञ्चालक समितिका अध्यक्ष डा‍ चन्द्रबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ।
सभामा आर्थिक वर्ष २०७९र८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९र८० को नाफारनोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गरिएको हो।

त्यसैगरी, सभाले महालेखापरीक्षकको कार्यालयबाट मिति २०८० पौष २९ गते प्राप्त परामर्शबमोजिम आर्थिक वर्ष २०८०(८१ को लेखापरीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदीपकुमार श्रेष्ठ, मधुवीर पाण्डे र       श्री सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.