|
फाइल तस्वीर

काठमाडौँ : मधेश प्रदेश सरकारले ल्याएको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भएको भ्रष्टाचार काण्डमा तत्कालीन प्रदेशसचिव यामप्रसाद भुसाल र सिडिई भगवान झा दोषी ठहर भएका छन्।

विशेष अदालतले उनीहरुलाई १० करोड ३३ लाख रुपैयाँ भ्रष्टाचार भएको मुद्दामा दोषी ठहर गर्दै ३/३ महिना कैद सजाय सुनाएको अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले थाहाखबरलाई जानकारी दिए।

उनका अनुसार न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उनीहरुलाई जनही १० हजार रुपैयाँ जरिबानासमेत गरेको छ। 

बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका अन्य ८ जनाले भने सफाइ पाएको उपरजिष्ट्रार कार्कीले बताए। 

कार्यक्रम अन्तर्गत कम्पनी नखुलाई साइकल किनेर ३ महिनादेखि गोदाममा राखेको र अनियमितता भएको भन्दै परेको उजुरीमाथि अनुसन्धान गरी १० जनालाई प्रतिवादी बनाउँदै अख्तियारले गत वर्ष साउन १८ गते मुद्दा दायर गरेको थियो।

सहलेखापाल राजाराम मण्डल, जिन्सी शाखाका शाखा अधिकृत रामस्वार्थ महतो र भण्डार शाखाका खरिदार जितमोहनकुमार दास, बोलपत्र मूल्यांकन समितिका अध्यक्ष दिलीपकुमार प्रधान र सदस्य सचिव सुरेन्द्रकुमार कर्णसहितले सफाइ पाएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.